बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एक भारतिय नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंह रहेका छन्। उनी बर्दियामा बसेर ट्रयाक्टर मर्मतको काम गर्थे।
सिंहले चलाएको यूपी ४० बिबी १६२९ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल आइतबार दिउँसो साढे २ बजेतिर अनियन्त्रित भइ सडक किनारको पोलमा ठोक्किएको थियो।
गुलरिया नगरपालिका–५ मा रहेको जिल्ला समन्वय समितिको कार्यालय नजिकै भित्री सडक खण्ड सुहेलवाबाट राधाकृष्ण चोकतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए।
सिंह सवार मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनापछि टाउकोमा गम्भीर चोट खेपेका सिंहलाई उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो। उनलाई दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मपर पालले बताए।
सिंहले गुलरिया नगरपालिका–८, कोठियास्थित पञ्जाब डिजेल वर्कसप खोलेका थिए। उनी शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।