मोरङ प्रहरीले १०५ बोरा लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो साढे १२ बजे कटहरी गाउँपालिका-३ कटहरीमा दक्षिणतर्फ जाँदै गरेको को १ ख ४५१८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुँडालका अनुसार इटहरीमा चेकजाँच भइरहेको थियो।
त्यही बेला आएको ट्रक आएको थियो। प्रहरीलाई देख्नसाथ चालक ट्रक छोडेर भागेको डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
'चेकजाँच गर्दा ट्रकमा १०५ बोरा गाँजा फेला परेको थियो।
प्रहरीका अनुसार नापतौल गर्दा उक्त गाँजा ३ हजार १५० किलो रहेको पुष्टि भएको छ।
फरार रहेका चालकको खोजी भइरहेको डिएसपी चुँडालले बताइन्।