काठमाडौंको ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो गाडी र स्कुटी ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटी चालक सोनाम योञ्जन रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।
उनकाअनुसार ग्राण्डी ससडकमा बाप्र ०१–००२ ज ७३७८ नम्बरको गाडी र बाप्र ०२–०४४ प ६४०५ नम्बरको स्कुटर आसपमा ठक्कर खाएका थिए। उक्त दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही हरिवन नगरपालिका– ०१ घर भएका स्कुटी चालक योञ्जनलाई उपरारार्थ ग्राण्डी अस्पताल लगिएकामा दिउँसो ४ चार बजे चिकित्सकले मृत घोषणा गरेका थिए।