ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ।
नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरूप काम भइरहेको हो।
ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ।
सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो ।
आदेशपछि १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातालको नाममा बनेको छ। लिच्छविकालीन यो पोखरीले नयाँ जीवन पाउने भएपछि स्थानीयबासी हर्षित छन्।
सप्तपाताल त्यही पोखरी हो जुन लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै छ।
कुनै बेला दुई सय रोपनीभन्दा ठूलो पोखरी समय क्रममा चारैतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बचेको थियो।
बचेको अंशमा पनि पानी थोपै रहेन, घाँसघारी र फोहोरको डुंगुरले छपक्कै छोप्यो।
मान्छेको सम्झनाबाट समेत हराउँदै गएको त्यही पोखरीलाई पुरानै स्वरूपमा फर्काउन स्थानीय पूर्ण स्थापितले १५ वर्ष कानुनी लडाइँ लडेका थिए।
पोखरी मिच्ने र मास्ने अनेक समूहमध्ये नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी अतिक्रमण गरेको थियो। पूर्णले सप्तपातालको त्यो जग्गा पोखरीलाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा हाले।
सर्वोच्चले २०७६ असार २३ गते अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो। र, त्यही आदेशअनुसार अहिले सप्तपाताल पुरानै स्वरूपमा फर्काउन पुनर्निर्माण भइरहेको छ।
तस्बिरहरू:
-1751516654.jpg)
-1751516654.jpg)
-1751516654.jpg)
-1751516653.jpg)
-1751516653.jpg)
-1751516652.jpg)
-1751516652.jpg)
-1751516652.jpg)
-1751516652.jpg)
-1751516650.jpg)
-1751516650.jpg)
-1751516651.jpg)
-1751516651.jpg)
-1751516654.jpg)