त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
मंगलबार आगमन भन्सार क्षेत्रबाट पाँच किलो ३० ग्राम गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद इस्सा काक्किरिचल पुथियापुरायिल छन्।
विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनलाई नियन्त्रणमा लिएको हो।
उनले बोकेको लगेजबाट गाँजा फेला पारेपछि पक्राउ गरी अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरोमा पठाइएको थियो।