दाङको तुलसीपुरमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ का ३८ वर्षीय चन्द्र मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उनी गत शुक्रबार पक्राउ परेका थिए ।
सोही दिन नै पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।
किटानी जाहेरीमा पीडित किशोरीले चन्द्र मगरले आफूलाई ललाइ फकाइ गरेको र पछि धम्की दिएर आफ्नै घरमा लगेर आफूमाथि बलात्कार गरेको भनेर जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरी परेकै दिन प्रहरीले मगरलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालतबाट म्याद थप भइ घटना अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।