काठमाडौंको बुढानिलकण्ठमा पाँच लाख भन्दा बढी रकम बराबरको धनमाल चोरी भएको छ।
शनिबार बुढानिलकण्ठ नगरपालिका-८ भंगाल सुन्दरबस्ती बस्ने तुलसा निरौलको घरबाट पाँच लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
निरौलाको सुनका गरगहना र नगद समेत चोरी भएको हो।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको छ। अनुसन्धान पनि प्रहरीले अघि बढाएको छ।