धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडाका ४० वर्षीय रविन्द्र सिंहको दुर्घटनामा मृत्यु भएको हो। स्थानीयका अनुसार उनी सिद्धनाथ सामुदायिक वन समितिका अध्यक्ष हुन्।
प्रहरीका अनुसार अनुसार सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको सिंहले हाँकेको मोटरसाइकल शनिबार बिहान १ बजेतिर अनियन्त्रित भई धनगढी –१२ जुगेडा कम्पनी टोलमा नालीमा खसेको थियो।
दुर्घटनाका गम्भीर घाइते सिंहलाई उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार चिकित्सकले तत्कालै उनलाई मृत घोषणा गरेका थिए।
पोष्टमर्टमका लागि शव अस्पतालमै राखिएको छ।