काठमाडौंको बागमती खोला किनारमा एक जना पुरूषको शव फेला परेको छ।
मंगलबार दक्षिणकाली नगरपालिका-१ भैंसीबजारस्थित बागमती खोला किनारमा शव फेला परेको हो।
मृतक ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुंगाना छन्।
प्रहरीले घटना सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाएको छ।