यसपालि मनसुन मध्य जेठतिरै भित्रिएको थियो। देशभरि फैलिन २३ दिन लाग्यो।
असार पहिलो सातामा देशभरि मनसुन विस्तार भएसँगै मनग्य वर्षा भइरहेको छ।
बर्खालाई मानो खाएर मुरी उब्जाउने समय पनि भनिन्छ।
पानी परेसँगै किसानहरू खेतबारीमा व्यस्त देखिन थालेका छन्।
देशका केही स्थानमा धान रोपाइँ सुरू भइसकेको छ। केही ठाउँमा रोप्ने तयारी छ।
सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगलमा किसानहरूले धान रोप्न सुरू गरिसकेका छन्।
मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यस ठाउँमा किसानहरू खेतमा काम गरिरहेका देखिन्छन्। यहाँ अझै पनि परम्परागत रुपमा गोरुको प्रयोग हुँदै आएको छ।
देशका धेरै ठाउँमा अहिले कृषि कर्मका लागि मेसिन प्रयोग हुन थाले पनि कतिपय ठाउँमा परम्परागत तरिका नै अपनाउँदै आइएको छ।
तस्बिरहरूः
-ink-1750830178.jpeg)
-ink-1750830178.jpeg)
-ink-1750830176.jpeg)
-ink-1750830175.jpeg)
-ink-1750830176.jpeg)
-ink-1750830174.jpeg)
-ink-1750830174.jpeg)
-ink-1750830173.jpeg)
-ink-1750830173.jpeg)
-ink-1750830171.jpeg)
-ink-1750830171.jpeg)
-ink-1750830170.jpeg)
-ink-1750830170.jpeg)
-ink-1750830169.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।