सुर्खेतमा गएराति भएको ट्रयाक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
मध्यराति १ बजेतिर क. प्र . ०२–००१ त ०२८३ नम्बरको ट्याक्टर सडकबाट झन्डै २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बडले बताए।
पञ्चपुरी नगरपालिका-८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।
उनीहरू विद्यालयको भवन निर्माणमा खटिएका मजदुरहरू रहेको प्रहरीले बताएको छ।
गम्भीर भाइते तीन जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार जारी छ। बाँकी ६ जनाको चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार उपचार भइरहेको छ।
विद्यालय भवन निर्माणमा खटिएका चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरीस्थित घर फर्किने क्रममा मजदुर सवार ट्रयाक्टर दुर्घटनामा परेको थियो।