देशभर मनसुनी वायुको प्रभाव प्रभाव छ।
जेठ १५ गते नेपाल भित्रिएको मनसुन शुक्रबारदेखि देशभरि फैलिएको थियो। यसपालि मनसुन देशभरि फैलिन २३ दिन लागेको छ।
यसको प्रभावले शनिबार देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ भने केही भूभागहरूमा वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
राति देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।