बैंकिङ कसुर मुद्दामा दुई वर्ष कैद भुक्तान नगरी फरार रहेका एक जना पुरूष पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२ घर भई छाउनी बस्ने ५२ वर्षीय प्रणवलाल सिंह छन्।
उनको बैंकिङ कसुर मुद्दामा २१ लाख बराबरको बिगो र दुई वर्ष कैद भुक्तान गर्न बाँकी छ।
भुक्तानका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको छ।