आजदेखि ललितपुरको ग्वार्कोमा ओभरपास सञ्चालन हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न भएपछि शुक्रबार अपराह्नमा उद्घाटन गर्ने तयारी छ।
ओभरपास बनाउने काम २०७८ फागुनदेखि थालिएको थियो। दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माणको जिम्मा पाएको थियो। तर निर्माण कम्पनीले तोकिएको अवधिमा काम पूरा गर्न सकेन।
२०८२ फागुन १२ भित्र निर्माण पूरा गरिसक्ने सम्झौता थियो। उक्त अवधिमा काम नसकिएपछि २०८१ असारसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो। त्यस अवधिमा पनि काम सकिएन। दोस्रो पटक पुस ९ गतेसम्मलाई समयावधि थप भयो।
पुस १० गतेबाट भने जरिवाना तिराउँदै निर्माण व्यवसायीलाई काममा लगाइएको थियो। निर्माण कम्पनीले यो ओभरपास १७ करोड ६ लाख ८८ रूपैयाँमा ठेक्का लिएको थियो।
अहिले ग्वार्को ओभरपासको निर्माण पूरा भएको छ।
यो बाटो पश्चिमी काभ्रेपलाञ्चोक, पूर्वी ललितपुर जानेहरू यो बाटो प्रयोग गर्छन्। लुभू, इमाडोलतर्फबाट सातदोबाटो, बालकुमारी, मंगलबजार जाने तथा मंगलबजारबाट इमाडोल, सातदोबाटो, बालकुमारीतर्फ जाने चोक हो यो।
ग्वार्को चोकको चक्रपथ खण्ड उचालेर ओभरपास बनाइएको हो। जहाँ कोटेश्वरतर्फ ३२० मिटर र्याम्प बनाइएको छ। सात दोबाटोतर्फको भाग भने १८५ मिटर छ।
चार लेनको यो र्याम्पको चौडाइ १०.२ मिटर छ।
ग्वार्को चार दोबाटो पनि हो। यो ओभरपास बनेपछि मंगलबजार र इमालडोलतर्फ जाने सवारी साधनहरू ओभरपासमुनिबाट ओहोरदोहोर गर्नेछन्। सातदोबाटो र कोटेश्वरतर्फ जाने सवारी साधनले मात्रै ओभरपास प्रयोग गर्न मिल्ने भएकाले जाम हट्ने विश्वास गरिएको छ।
निर्माण सकिने बेला गत माघमा र्याम्पका लागि ठड्याइएको इन्टरलक आरई प्यानल चर्किएको थियो।
केही भागमा यस्तो समस्या देखिएपछि ४० मिटरजति खण्ड भत्काएर पुनः बनाइएको छ।
र्याम्प सुरक्षित र व्यवस्थित बनेको सडक डिभिजन काठमाडौंले बताएको छ।
तस्बिरहरू:
-1750399103.jpg)
-1750399104.jpg)
-1750399103.jpeg)
-1750399104.jpeg)
-1750399110.jpg)
-1750399105.jpg)
-1750399105.jpg)
-1750399106.jpg)
-1750399108.jpg)
-1750399108.jpg)
-1750399108.jpg)
-1750399108.jpg)
-1750399109.jpg)
-1750399109.jpg)