तनहुँमा कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भई तनहुँ देवघाट गाउँपालिका-५ बस्ने ४२ वर्षीय राम लामा र सोही वडामा बस्ने पाल्पा तानसेन नगरपालिका-८ घर भएका २८ वर्षीय बुद्धसारू मगर पक्राउ परेका हुन्।
उनीहरूलाई इलाका प्रहरी आबुखैरेनी र देवघाटको टोलीले बिहीबार पक्राउ गरेको हो।
देवघाट गाउँपालिका-५ का ३२ वर्षीया प्रकाश पौडेलले हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पौडेलको बिहीबार भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनी घरबाट ३ सय मिटरको दुरीमा लडिरहेको अवस्थामा भेटिएका थिए।
अनुसन्धानको क्रममा बुद्धसारू मगर, राम लामा र अर्का एक जना व्यक्तिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा प्रकाश पौडेलको मृत्यु भएको खुलेको हो। अर्का एक जना व्यक्ति फरार छन्।