काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुखबाट निलम्बित राजुनाथ पाण्डे उच्च अदालत पाटन पुगेका छन्।
पाण्डेले आफूलाई निलम्बन गरेको भन्दै जेठ २५ गते नै पाटनमा रिट दायर गरेका थिए।
उनले दायर गरेको रिटमा दुबै पक्षलाई छलफल गर्न उच्च अदालत पाटनले बुधबार बोलाएको छ।
जेठ २७ गते प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफलमा बोलाएको थियो।
पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएको छ।
काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए। उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।
चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईं कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै जेठ ६ गते स्पष्टीकरण समेत सोधेका थिए।