काठमाडौंमा सिलिण्डरभित्र लागुऔषध ओसारपसार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा नुवाकोट घर भई बल्खु बस्ने २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर छन्।
शुक्रबार प्रहरीले भारतीय नम्बर प्लेट युपी ७८सिबी ९८३५ नम्बर प्लेटको गाडी फेला पारेको थियो।
त्यसमा मिजार र मगर सवार थिए। उनीहरूले उक्त गाडीमा एउटा अक्सिजन सिलिण्डर पनि राखेको थियो।
जसभित्र लागुऔषध ट्रामाडोल राखेको फेला परेको थियो।
प्रहरीले उक्त सिलिण्डरबाट ८२९० फायल ट्रामाडोल फेला पारेको हो। प्रहरीले उनीहरूबाट ६५ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ।