साढे एक करोड बिगो रकम भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा भोजपुर रामप्रसाद राई गाउँपालिका-४ घर भई ललितपुरको महालक्ष्मीस्थान बस्ने ४१ वर्षीय हिरण्यकुमार मगर छन्।
उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।