काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ।
मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको प्रवक्ता एवं एसपी जनकबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार दुई जना घाइते समेत छन्।
ब्राउन सुगरका कारोबारीमाथि गोली चलाइएको उनले बताए। यद्यपि यसबारे पूर्ण विवरण आइनसकेको उनले बताए।