काभ्रेको सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ।
महाभारत गाउँपालिका-४ बस्ने २४ वर्षीया साजन वाइबाको सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु भएको हो।
तेमाल गाउँपालिका-३ चुखावेशीस्थित वृह खानेपानी आयोजनाको ट्यांकी बनाउने काम गरिरहेका वाइबा आइतबार बिहान साढे ९ बजे पौडी खेल्न जाँदा बगाएको थियो।
खोजलास गर्ने क्रममा करिव ५० मिटर तल वाइबा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।