काठमाडौंको तीनपिप्लेमा गाडी दुर्घटनामा परेको छ।
शुक्रबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-३ तिनपिप्ले भुवनेश्वरी मन्दिरनजिकै काभ्रे बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न गएकाहरू सवार माइक्रो बस सडकबाट खसेको हो।
बा १ ज ८६८५ नम्बरको बस सडकबाट अन्दाजी १० मिटर तल खस्दा आठ जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
घाइतेहरूलाई मेगा ग्रिनसिटी अस्पताल जरङ्खुमा लगिएको थियो।
बनेपा नगरपालिका-१० बस्ने ३८ वर्षीया सुनिता खड्का, सारदा रावत, ३७ वर्षीय अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीय रामशोभा थापा, ४५ वर्षीय शान्ता खत्री, ७० वर्षीय पार्वती काफ्ले र ३७ वर्षीय लक्ष्मी खड्कालाई सामान्य चोट लागेको छ।
गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।