छिमेकीको हत्या आरोपमा प्रहरीले ताप्लेजुङ फुङलिङका एक व्यक्तिलाई पक्राउ गरेको छ।
फुङलिङ नगरपालिका– ६ का ३२ वर्षीय अर्जुन गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।
सोही स्थानका २८ वर्षीय तेजेन्द्र लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
ताप्लेजुङ प्रहरीका अनुसार फक्ताङलुङ गाउँपालिका ३ मा रहेको नातेदारको घरमा अभियुक्त अर्जुन र उनकी पत्नी पाहुना गएका थिए।
त्यसक्रममा उनीहरूबीच भनाभन भएको थियो।
बिहीबार राति नै अर्जुनका नातेदारले पति पत्नी दुवैलाई सम्झाएर छिमेकी २८ वर्षीय तेजेन्द्र लिम्बुको साथ लगाएर घर पठाएका थिए।
घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरूङले एक्कासी धारिलो खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाइ छ।
उनलाई प्रहरी टोलीले फुङ्लिङ ९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।