तनहुँमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
म्याग्दे गाउँपालिका-१ स्थित थर्पबाट दमौली आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग १७ व ५१४६ नम्बरको मोटरसाइकल बुधबार दिउँसो साढे ३ बजे आपसमा ठोक्किएका हुन्।
उक्त ठक्करबाट मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका-४ को २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको हो।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल दमौली पठाइएको थियो। त्यहाँ पुग्दा अस्पतालले मृत घोषित गरिदिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बस चालक तनहुँ शुक्लागण्डकी नगरपालिका-१० का ३४ वर्षीय तारापति शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।