रोल्पामा काटेको रूखको मुढाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको लुंगी गाउँपालिका वडा नम्बर ६ दरालसिमस्थित कालिमाटी सामुदायिक वनमा काटेको रूखको मुढाले लाग्दा स्थानीय २६ वर्षीया प्रतिक्षा बुढाथोको मंगलबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
लुंगी वडा नम्बर ६ स्थित उपल्लो गुम्चालका नीलबहादुर बिष्टले उत्तिसको रूख ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिएर बुढाथोकीलाई लागेको थियो।
घटनाबारे प्रहरीले बेलुकी पाँच बजे मात्रै सूचना पाएको थियो। त्यसपछि प्रहरी चौकी झिलाङ्नीले बाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भण्डारीको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरीले रूख काट्ने नीलबहादुर बिष्टलाई नियन्त्रणमा लिएको छ। मृतक बिष्टका श्रीमान भने रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ।