काभ्रेको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोककुमार गौतम पक्राउ परेका छन्।
रोशी गाउँपालिका-७ र नमोबुद्ध नगरपालिका-६ को सिमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। उक्त खोलाले बगाएको फलामका पार्टपुर्जाहरू चोरी गरेको आरोपमा प्रहरीले जेठ १२ गते चार जनालाई पक्राउ गरेको थियो।
अनुसन्धानकै क्रममा प्रहरीले सोमबार वडाध्यक्ष गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए।
‘अनुसन्धानका लागि हामीले हिजो पक्राउ गरेका छौं,’ उनले भने।
प्रहरीले जेठ १२ गते चार जनालाई दुई वटा टिपरमा फलामका रडहरू लोड गर्दैगर्दा पक्राउ गरेको थियो। यस्तै, दुई जना टिपर चालकलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
पक्राउ पर्नेमा भारतका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीका ३९ वर्षीय जितेन्द्र पासवान, टिपर चालकहरू काभ्रेका ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामा छन्।
उनीहरूमाथि प्रहरीले चोरी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।