घोराही उपमहानगरपालिका – १० अमराइमा सवारी साधनको ठक्करबाट गएराति एउटा हुँडार मरेको अवस्थामा फेला परेको छ।
तुलसीपुर – घोराही सडकखण्ड अन्तर्गत फन भ्याली नजिकै वन्यजन्तु हुँडार गाडीको ठक्करबाट मरेको अवस्थामा फेला परेको हो।
डिभिजन वन कार्यालय घोराहीका अनुसार गाडीको ठक्करबाट मृत अवस्थामा फेला परेको भाले हुँडारको लम्बाइ करिब ५ फिट र शरीरको गोलाइ १६ इन्च रहेको छ।
उमेर ८ देखि १० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।
सडकमा गाडीको ठक्करबाट मरेको अवस्थामा फेला परेको हुँडारको शरिर व्यवस्थापन डिभिजन वन कार्यालय घोराहीले गरेको छ।
हुँडारलाई ठक्कर दिएर मार्ने गाडीको पहिचान गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ। गएराति १२ बजेतिर गाडीले हुँडारलाई ठक्कर दिएको अनुमान गरिएको छ।