नेपाल प्रहरीका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ।
गृह मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट एकैपटक २८ एसएसपीको सरूवा गरेको हो।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत एसएसपी अनुपम शमशेर जबरालाई प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी सरूवा गरिएको छ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एसएसपी अविनारायण काफ्लेलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालयमा सरूवा गरिएको छ।
को कहाँ पुगे?