भक्तपुर क्यान्सर अस्पतालसहित विभिन्न संघसंस्थाको सहयोगमा पूर्वी पहाडका ४ जिल्लाका ४ हजार पाँच सय जनाको क्यान्सर परीक्षण गरिएको छ।
पूर्वी पहाडका इलाम, पाँचथर, संखुवासभा र धनकुटाका ४ हजार महिला र ५ सय पुरुषको क्यान्सर स्क्रिनिङ लगायतका परीक्षण गरिएको हो। उनीहरू परामर्श सेवा दिइएको छ।
त्यस्तै तीन सय जना विद्यार्थीलाई सचेतना तालिम दिएको भक्तपुर क्यान्सर हस्पिटलका निमित्त कार्यकारी निर्देशक क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले जानकारी दिए।

शिविरमा भक्तपुर क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक डा. उज्वल चालिसेसहित वरिस्ठ फिजिसियन डा. अफ्र्यान आजद, गाइनेकोलोजिस्ट डा. एन्जिना कोइराला, रेडियोलोजिस्ट डा. आशुतोष शाह, डा. उमेश, डा. आनन्द, डा. विकास आनन्दले परीक्षण गरेका हुन्।
परीक्षणका क्रममा विभिन्न समस्याहरू पहिचान गरिएको र क्यान्सरको सम्भावना देखिएका ३० जनालाई भक्तपुर क्यान्सर अस्पातल रिफर गरिएको उनले बताए।
शिविरबाट रिफर गरिएका सम्पूर्ण बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको डा.चालिसेले बताए।
स्वास्थ्य परीक्षणका लागि फिदिम नगरपालिकाका मेयर मित्रलाल काफ्ले, इलाम अस्पतालका मेसु डा. प्रभु शाह, संखुवासभास्थित धर्मदेवी नगरपालिका मेयर तारा महत, पाख्रिबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ, नेपाल–भारत मैत्री संघका केन्द्रीय अध्यक्ष लगायतले सहयोग गरेका थिए।