लमजुङको मर्स्याङ्दी नदीमा बेपत्ता एक जनाको शव फेला परेको छ।
जेठ ११ गते लमजुङको बेसीसहर नगरपालिका- ६ खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सप्तरी शम्भुनाथ नगरपालिका- १२ बस्ने २४ वर्षीय नन्द किशोर चौधरीको शव आज फेला परेको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
आश्रित गुल्म लमजुङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक पुरीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले नदीको बीच भागमा शव फेला पारेको उनले जनाए।
नदीको बहाव धेरै भएको हुनाले जिल्ला प्रशासन कार्यालय लमजुङ र हाइड्रोपावरसँग आवश्यक समन्वय गरी शव बाहिर निकाल्ने प्रयास भइरहेको उनले बताए