सुदूरपश्चिममा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न थालिएको छ।
सामेबार भूमि समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराको समन्वयमा पर्शुराम नगरपालिका–१२ नम्बर वडाका ६४ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको हो।
जोगबुडा अस्पताल सभाहलमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नगर प्रमुखसहित मन्त्रीले मिलेर जग्गाधनी पुर्जा वितरण गरेका हुन्।
त्यसक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले हलिया, कमैया, कमलरीहरूको मुक्तिसँगै उनीहरूको व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए।
मुख्यमन्त्री शाहले तत्कालीन पूर्वप्रधानमन्त्री देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि मात्रै त्यो समुदायले मुक्ति पाएको चर्चा गरे।
त्यस्तै, शाहले संघ सरकारले प्रदेश सरकारलाइ पूर्ण अधिकार नदिएको गुनासो गरे।
उनले प्रदेशलाई अधिकार सम्पन्न गराए तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने दाबी गरे।
जग्गाधनी पुर्जा वितरण प्रदेशका कृषि मन्त्री वीरबहादुर थापा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, परशुराम नगरपालिकाका मेयर भरत जोशी लगायतले वितरण गरेका थिए।