कञ्चनपुरमा १४ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ।
कैलालीको गोदावरी नगरपालिकाकी बालिकामाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा सामूहिक बलात्कार भएको खुलेको हो।
जेठ २ गते आफन्तको विहेमा जाँदा ललाइफकाइ बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहोराले जानकारी दिए।
'हिजो (शनिवार) कार्यालय समयसकिएपछि आउनु भएको थियो। हामीले कानुनी कारवाही अगाडि बढाइहाल्यौं,' डिएसपी बोहोराले भने।
बालिकामाथि तीन जनाले बलात्कार गरेको भनिएको छ। तीमध्ये एक जनालाई पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाइएको उनले बताए।
पक्राउ परेका व्यक्ति पनि बालक हुन्। अन्य व्यक्तिको खोजी भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।