प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लालमणि आचार्यलाई बिदाइ गरेका छन्।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच आइजिपी थापाले सेवानिवृत्त भएका एआइजी आचार्यलाई मायाको चिनो प्रदान गरेका थिए।
प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारणले आचार्य आजदेखि अवकाशमा गएका हुन्।
कार्यक्रममा आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए।
आचार्य २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए।