प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लालमणि आचार्यले अवकाश पाएका छन्।
प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण आचार्यले अवकाश पाएका हुन्।
उनी २०५२ कात्तिक २७ नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट भर्ना भएका थिए। वैशाख ४ गते आचार्य डिआइजीबाट एआइजीमा बढुवा सिफारिस भएका थिए।
यस्तै उनको अवकाशसँगै नेपाल प्रहरीमा एउटा एआइजी पद रिक्त छ।
उक्त पदका लागि यसअघि नै डिआइजी सिद्धिबिक्रम शाहलाई सिफारिस गरिसकेको छ। शाह हाल विशेष ब्युरोमा कार्यरत छन्।