सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएयतामात्रै प्रहरीले गरेका सात वटा घटनाको अनुसन्धान भई अदालतमा दर्ता भएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले ७ वटा अनुसन्धानको मुद्दा दर्ता भएको बताए।
३० वटा घटनाको अनुसन्धान गरेकोमा ७ वटा दर्ता भएको र बाँकी २३ वटा अझै अनुसन्धानकै चरणमा रहेको एसएसपी थापाले बताए।
त्यस्तै दर्ता गरिएका मुद्दाहरूमा तीन अर्ब ७८ करोड २० लाख ९८ हजार १६४ रुपैयाँ बिगो मागदाबी भएको छ।
प्रहरीले सम्पत्ति शुद्धीकरण कसुरमा मात्रै ९१ जनालाई पक्राउ गरेको छ। ११४ जना भने फरार छन्।