जोगीको भेषमा चोरी गर्ने दुई भारतीय नागरिक सौराहाबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार जोगीको भेषमा व्यक्तिको घरमा पुगेर तन्त्र, मन्त्र गरी नगद र सुन लुटेर हिँडेका व्यक्तिहरुलाई पक्राउ गरिएको हो।
भारतको नंगल देवत, दक्षिण पश्चिमी दिल्ली घर भएका १९ वर्षीय नितिन नाथ र भारतकै नछफगढ साउथ वेस्ट दिल्ली घर भएका २२ वर्षीय मंजित नामका व्यक्तिलाई सौराहाबाट नगद र सुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।
मंगलबार भरतपुर–१० बालमन्दिर रोडस्थित एक घरमा पसेर तन्त्र, मन्त्र गरि लठ्ठ पारेर नगद र सुनको मुन्द्र चोरी भागेको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिहरुलाई पछ्याएको थियो। नियन्त्रणमा लिइएका व्यक्तिहरूको विषयमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए।