गोरखाको फिनाममा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गोरखा सदरमुकामबाट आरूघाट बजारतर्फ गइरहेको ग २ ख ९२९ नम्बरको बसबाट ओर्लने क्रममा करिब ४ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै अर्का एक जना घाइते छिन्। घाइतेलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ। घाइते आमा र मृत्यु हुने छोरी रहेको प्रहरीले जनाएको छ। उनीहरू फिनामचोक पुगेपछि बसबाट ओर्लदै गर्दा दुर्घटनामा परेका थिए।
स्थानीयहरूले अहिले गोरखा-आरूघाट सडकखण्ड अवरूद्ध गरेर प्रदर्शन गरेका छन्।
घटनास्थलमा प्रहरी खटाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।