गौशालामा आठ वटा सवारीसाधन दुर्घटनामा परेको छ।
काठमाडौं महानगरपालिका-८ पिंगलास्थान सडकखण्डमा गौशालाबाट तिलगंगा जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आठ वटा सवारीसाधन दुर्घटनामा परेको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन्।
धादिङ ज्वालामुखी गाँउपालिका वडा नं. ०१ घर भई टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका वडा नं. ०२ घर भई हाल टोखा बस्ने २२ वर्षीय विकास कट्टेल रखोटाङ हलेसी टुवाचुङ नगरपालिका वडा नं. ०५ घर भई कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठ र राई मोटरसाइकल चालक हुन्। कट्टेल भने मोटरसाइकल पछाडि सवार थिए।
उनीहरूको केएमसी अस्पतालमा उपचार भइरहेको छ।
बस चालक भने फरार छन्।
बाबा गोकर्णेश्वर यातायातकसँगै बा ५ ख ७३१ नं. को गाडी, बा.प्र-०१-०२६ च ८५७६ नं.कार, बिएसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नं. को कार, प्र-२-०१-००३ प १००५ नं. को मोटरसाइकल, बा ५१ प २२ नं. को मोटरसाइकल र बा.प्र-०२-०४६ प ४८१९ नं. को स्कुटर दुर्घटनामा परेको हो।