सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धिबिक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।
गृह मन्त्रालयले मंगलबार शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। यसबारे निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नेछ।
हाल एआइजी रहेका लालमणि आचार्यले आउँदो जेठ ११ गते अनिवार्य अवकाश पाउँदैछन्।
उनको अवकाशसँगै रिक्त रहने पदमा डिआइजी शाहलाई बढुवा गर्न सिफारिस भएको हो।
शाह हाल विशेष ब्युरोमा कार्यरत छन्।