मोरङको रंगेलीमा यात्रु बसको ठक्करबाट १३ वर्षीया बालिकाको ज्यान गएको छ।
सोमबार दिउँसो साढे २ बजेतिर मोरङको कानेपोखरीबाट रंगेलीतिर आउँदै गरेको को १ ख २१०३ नम्बरको बसले ठक्कर दिँदा रंगेली–७ की १३ वर्षीया मीरा मण्डलको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ।
‘बस कानेपोखरीबाट भित्री सडक हुँदै रंगेलीतिर आइरहेको थियो, रंगेली –७ निचामारी चोकमा बालिकाले बाटो काट्न खोज्दा बसले ठक्कर दिएको हो,’ मोरङका डिएसपी वेद जोशीले भने, ‘गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ दिउँसो २ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए।’
बालिका विद्यालयबाट फर्किरहेको हुनसक्ने अनुमान प्रहरीको छ। बस चालक चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना लगत्तै भेला भएका स्थानीयबासीले बस तोडफोड गरेका छन्।