२० लाख नगदसहित एक जना काठमाडौंबाट पक्राउ परेका छन्।
आइतबार दिउँसो पौने २ बजे काठमाडौं महानगरपालिका-२४ जुद्धसालिकबाट एक जनालाई पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौंको पेप्सीकोला बस्दै आएका २४ वर्षीय संजय बस्नेत छन्।
उनीबाट प्रहरीले २० लाख २९ हजार ६२० रुपैयाँ बरामद गरेको छ।
एउटा मोबाइल र हस्ताक्षर गरेका ३० वटा खाली चेक पनि बरामद गरेको एसपी बोहराले बताए।