डेन्टल प्वाइन्ट प्रा.लीले क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्राण्डको इनभिजलिन बजारमा ल्याएको छ।
डेन्टल प्वाइन्टले शुक्रबार एक कार्यक्रमबिच इनभिजलिनको सार्वजनिक गरेको हो।
कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकको माध्यमबाट इनभिजलिन ब्राण्डको क्लियर अलाइनर नेपालभरी उपलब्ध हुने बताइन्।
‘दाँतको उपचारमा प्रयोग हुदै आएको परम्परागत तार प्रविधि भन्दा धेरै गुणा उपयुक्त प्रविधिवारे जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौ,’ उनले भनिन्, ‘क्लियर अलाइनरको प्रयोगले बिरामीले चाडो/चाडो चिकित्सक भेट्नपर्ने बाध्यता समेत हट्नेछ। दाँतमा तार बाध्ने,खोल्ने गरिरहनपर्दा बिरामीलाई दुखाई र पीडा धेरै हुने हुँदा विश्वभर क्लियर अलाइनरको प्रयोग बढ्दै गएको छ।’
इनभिजलिनको प्रयोगका लागि ग्लोबल आएएमइ बैंकबाट इन्स्टलमेन्ट सुविधा पाउने डेन्टल प्वाइन्टले जनाएको छ।