सुनको मूर्ति भनेर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
२१ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्नेमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल छन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
उनले बुद्धको मूर्तिलाई सुनको भनेर दुई जनालाई बेचेको खुलेको छ। सुनको मूर्ति सस्तोमा दिने प्रलोभनमा पारेर गत मंसिर ८ गते भक्तपुर बस्ने प्रेमकुमार विकलाई ठगेका थिए।
उनलाई उक्त मूर्ति दिएर १० लाख रुपैयाँ नगद दिएका थिए।
त्यस्तै गत चैत ११ गते सुनसरी घर भई न्युरोड बस्ने २४ वर्षीय राजकुमार विकलाई ११ हजार ८५ हजार ठगेको आरोप छ।
आरोपित पौडेललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।