सेती नदीमा नुहाउनेक्रममा एक जना बालक बेपत्ता भएका छन्।
मंगलबार दिउँसो पौने २ बजेतिर डोटीको दिपायल सिलगढी नगरपालिका-१ सिरखोली बस्ने १० वर्षीय अमित विक सेती नदीमा बेपत्ता भएका हुन्।
उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक दिपकराज भट्टको कमाण्डमा टोली खटिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार बालक नुहाउन सेती नदीमा गएका थिए।