सिन्धुलीमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
दुधौली नगरपालिका-८ खोरभञ्जाङमा कारले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको हो।
सोही नगरपालिका वडा-७ बस्ने १० वर्षीय मन्देश सदाको मंगलबार बिहान सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
'ठक्करपछि उपचारका लागि दुधौली नगरपालिका अस्पताल सिथौली लगिएको थियो। अस्पतालले मृत घोषित गरिदियो,' उनले भने।
उनको मृत्युपछि बिबिए ०१८८ नम्बरको कार चालक संखुवासभा चैनपुर नगरपालिका-१० का ३४ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको उनले बताए।