स्वर्गीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण भएको छ।
मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो।
महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन्।
२०७९ असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।
उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो।
कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए।
झनाख्य पार्कमा अब कुनै पनि शालिक नबनाउने उनले बताए। झनाख्य पार्कमा ४ वटा शालिक निर्माण भइसकेकाले पाँच वटा नबनाउने उनले बताए।
(न्युज एजेन्सी नेपाल)