किराँत समुदायले आज सोमबार उँभौली पर्व मनाएका छन्।
अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यो समुदायले वैशाख पूर्णिमाका दिन उँभौली पर्व मनाउँछन्।
काठमाडौंमा बसोबास गर्ने किराँत समुदायले गोकर्णेश्वर नगरपालिका-४ स्थित जगडोल सामुदायिक वनमा उँभौली पर्व मनाएका हुन्।
उँभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने पर्वका रूपमा मनाइन्छ।
उँभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि सुरू भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।
उँभौलीका अवसरमा चण्डी नाच गरिने भएकाले आजको दिन चण्डी पूर्णिमाको रूपमा पनि लिइन्छ। चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो।
तस्बिरहरू:
-1747052433.jpg)
-1747052432.jpg)
-1747052430.jpg)
-1747052430.jpg)
-1747052428.jpg)
-1747052428.jpg)
-1747052429.jpg)
-1747052429.jpg)
-1747052426.jpg)
-1747052426.jpg)
-1747052426.jpg)
-1747052426.jpg)
-1747052436.jpg)
-1747052435.jpg)
-1747052435.jpg)
-1747052433.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी