२०७२ सालको भूकम्पमा उद्धारका लागि आएको अमेरिकी हेलिकप्टरमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
सोमबार छाउनीस्थित वीर स्मारकमा अमेरिकी राजदूत डिन.आर थम्पसन र नेपाली सेनाका उपरथी किरण केसीले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
२०७२ साल वैशाख १२ गते भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गरेको थियो। उद्धार तथा सहयोगका लागि आएको युएस मरिनको हेलिकप्टर आजकै दिन दोलखामा दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा ६ जना अमेरिकी सैनिक, पाँच जना नेपाली नागरिक र दुई जना नेपाली सैनिकको मृत्यु भएको थियो।
दुर्घटना भएको १० वर्ष पुगेको स्मरण गर्दै सोमबार श्रद्धाञ्जली अर्पण गरेको हो।
