वैवाहिक बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ परेका छन्।
पर्सा वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी घर भएका समसुदिन अंसारी पक्राउ परेका हुन्।
उनलाई एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ गरेर कारवाहीका लागि बिहीबार नेपाल ल्याइएको हो।
उनीविरूद्ध जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो।
एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनीविरूद्ध रेड नोटिस जारी भएको हो।
उनलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।