सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
गोलन्जोर गाउँपालिका-७ खुर्कोट घर भइ कमलामाई नगरपालिका-७ बस्ने १६ वर्षीय प्रतिक देवकोटाको मृत्यु भएको हो।
बुधबार दिउँसो पौने १ बजे कमलामाई नगरपालिका-५ ग्वाङखोला दोभानको खड्कुलेदहमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए।
उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरिदिएको हो।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।