४ लाख ३२ हजार ५ सय हुन्डी रकमसहित दुई जना पक्राउ परेका छन्।
भारत कलकत्ता यादवपुर घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २३ बस्ने ६७ वर्षीय सुरज दत्त र रूपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरी नगरपालिका-१५ बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार सवा पाँच बजे काठमाडौं महानगरपालिका-२४ विशालबजारबाट पक्राउ गरेको हो।
विशालबजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय हुन्डीको रकमसहित फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार उनीहरूको साथबाट नगद, मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चेक, पासबुकहरू बरामद भएको छ।
यस घटनामा प्रहरीले थप अनसुन्धान गरिरहेको एसपी बोहराले जानकारी दिए।